सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ,१३ असार
सिद्धलेक गाउँपालिकाको न्यायिक समितिको आयोजनामा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सविता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता तथा धादिङ जिल्ला अदालतका न्यायाधीश मनकुमारी जि.एम.वि.क.को विशेष आतिथ्यता थियो । कार्यक्रममा जिल्ला अदालत धादिङका श्रेस्तेदार राजेन्द्र लुइटेल, तहसिलदार केशवराज सुवेदी, प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य, वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परशुराम खतिवडाले स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, सहज र जनमुखी बनाउन न्यायिक समिति तथा अदालतबीचको समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले कानुनी सचेतना अभिवृद्धि र विवादको मेलमिलापमार्फत समाधान गर्ने संस्कृतिले सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनुभयो ।उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सविता अर्यालले न्यायिक समितिले नागरिकलाई छिटो, सहज र निष्पक्ष न्याय सेवा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउँदै यस्ता अन्तरक्रियाले समुदायको कानुनी ज्ञान बढाउनुका साथै न्यायप्रतिको विश्वास अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।कार्यक्रममा स्थानीयस्तरमा देखिएका न्यायिक अभ्यास, चुनौती र समाधानका उपायबारे समेत छलफल गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार १४, आईतवार २१:५३बेन स्टोक्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
कला, विचार/मनोरञ्जन२०८३ असार १४, आईतवार १३:०६अभिनेत्री न्यान्सी खड्का ‘अक्षरा’ को पहिलो पोस्टरमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १४, आईतवार ११:०८विकट बस्तीमा निःशुल्क आँखा शिविर « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार १३, शनिबार १९:४२विकास बोर्डको २६औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम









