बेन स्टोक्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

एजेन्सी। ईंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । हाल ट्रेन्ट ब्रिजमा जारी न्यूजिल्यान्डविरुद्धको तेस्रो टेस्टकै बीचमा उनले सन्न्यासको घोषणा गरेका हुन् ।
स्टोक्स इंग्ल्याण्डका अहिलेसम्मकै सर्वोत्कृष्ट अलराउन्डरमध्येका एक मानिन्छन् । ट्रेन्ट ब्रिजमा जारी खेलमा बलिङ गरिरहेकै समयमा उनको सन्यास सम्बन्धी आधिकारिक विज्ञप्ति सार्वजनिक गरिएको थियो ।
३५ वर्षिय स्टोक्स लन्डनको एक नाइट क्लबको घटनामा सङ्लग्न भएपछि इंग्ल्याण्डको दोस्रो टेस्टमा अनुपस्थित थिए। नटिङ्घममा टोलीको नेतृत्व सम्हाल्न फर्कनुअघि उनले केवल ‘यस हप्ता’ का लागि मात्र टोलीको नेतृत्व गर्ने संकेत गरेका थिए।
स्टोक्सले न्युजिल्याण्ड विरुद्धको निर्णायक टेस्टको चौथो दिनको खेल सुरु हुनुअघि आफ्ना सहकर्मीहरूलाई आफ्नो सन्यासको निर्णयबारे जानकारी गराएका थिए।
इंग्ल्याण्डको ड्रेसिङ रुममा निकै भावुक हुँदै स्टोक्सले भने, ‘मैले सन्यास लिनुका कारणहरू के हुन् भन्ने कुरा पछि गरौँला, तर मैले यो टोलीका लागि, तपाईँहरूका लागि र मभन्दा अघिका खेलाडीहरूका लागि धेरै पटक कडा मेहनत र संघर्ष गरेको छु। अब मसँग केवल एक पटक (यो खेलका लागि) कडा मेहनत गर्न बाँकी छ।’
उनले थपे, ‘मैले तपाईँहरूसँग गर्ने एउटै अनुरोध के हो भने, कृपया तपाईँहरू सबैले पनि त्यसै गरिदिनुहोला ।’ ‘हामीले अझै धेरै कडा परिश्रम गर्न बाँकी छ । नतिजा जेसुकै आओस्, तर मैदानबाट बाहिरिँदा यो टोलीले अन्तिम दुई दिन आफ्नो सबै प्रयास लगाएको थियो भन्ने कुरामा म ढुक्क हुन चाहन्छु । मेरो स्वार्थका लागि मात्र होइन, यो टोलीका लागि सबैले आफ्नो शतप्रतिशत दिनुहोस् भन्ने म चाहन्छु ।’
अन्तमा उनले भने, ‘मैले आफ्नो भावुक पक्षलाई सम्हालिसकेको छु। अब मैदानमा उत्रिएर काम देखाउने समय आएको छ। कृपया, सबैजना मलाई साथ दिनुहोस् ।’
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १२:३९चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?
खेलकुद२०८३ श्रावण ५, मंगलवार २३:४३ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’
खेलकुद२०८३ श्रावण ५, मंगलवार २१:५०नेपाल नामिबियासँग पराजित « रिपोर्टर्स नेपाल









