सुची दर्ता गर्ने सम्बन्धि सूचना !

(प्रथम पटक प्रकाशित मिति: २०८३/०३/१७)
यस गैरसरकारी संस्थाको लागि आ.व. २०८३/२०८४ मा आवश्यक पर्ने तपसिल बमोजिमको सामान/सेवाहरू पटक पटक वा एकै पटक खरिद गर्नु पर्ने भएकोले स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करमा दर्ता भएका सम्बन्धित इच्छुक फर्म/कम्पनी वा व्यक्तिले आवश्यक कागजातको साथमा इमेलमार्फत वा संस्थाको कार्यालयमा सूची दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल (आवश्यक सामान तथा सेवाहरू):
- कार्यालय प्रयोजनको लागि स्टेसनरी तथा मसलन्द सम्बन्धी विभिन्न सामानहरू ।
- छपाई (ब्यानर, फ्लायर, होर्डिङबोर्ड) सम्बन्धी कार्यहरू ।
- मोबाइल, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर, फ्याक्स मेसिन सम्बन्धी आवश्यक पार्टपुर्जा खरिद तथा मर्मत कार्यहरू ।
- होटल, तालिमहल तथा रेस्टुरेन्ट सम्बन्धी सेवा ।
- फर्निचर सम्बन्धी सामग्री तथा सेवा ।
- कार्यालय प्रयोजनको लागि आवश्यक सामग्री ढुवानी तथा यात्रुवाहक सवारी साधन सेवा ।
- संस्थाको चल अचल सम्पत्तिको बिमा सम्बन्धी सेवा ।
- निर्माण सम्बन्धी सामग्री उपलब्ध गराउन हार्डवेयर तथा सेनेटरी सेवा ।
- विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्वास्थ्य औजार तथा सामग्रीहरू सप्लाई गर्ने कार्यहरू ।
- विपद् जोखिम न्यूनीकरणको नीति तथा योजना तर्जुमा र तालिम सम्बन्धी कार्यहरू ।
- रेडियो कार्यक्रम, अडियो भिडियो डकुमेन्ट्री सम्बन्धी सेवा ।
- कृषि उपज, कृषि सामग्री र औजार, पशु चौपाया, जीविकोपार्जन सम्बन्धी सेवा तथा कार्यहरू ।
- वेबसाइट डिजाइन, मोबाइल एप्लिकेसन र सफ्टवेयर सम्बन्धी कार्यहरू ।
- वार्षिक लेखापरीक्षण सम्बन्धी कार्यहरू ।
आवश्यक कागजातहरू:
इच्छुक फर्म/कम्पनी वा व्यक्तिले सूचीदर्ता फाराम (Vendor Registration Form) सहित तपशिल बमोजिमका कागजातहरू पेश गर्नुपर्नेछ।
सूचीदर्ता फाराम (Vendor Registration Form) को लिङ्क: Vendor Registration form_Action Nepal_2083.084.pdf
फर्म वा कम्पनीको हकमा:
- सूचीदर्ता आवेदनको साथमा कम्पनी प्रोफाइल र सम्बन्धित व्यक्तिको सम्पर्क विवरण ।
- स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र, कम्पनी तथा घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्र ।
- आ.व. २०८१/२०८२ को कर चुक्ता समेतको प्रतिलिपि सहित इमेल info@actionnepal.org वा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ। ।
व्यक्तिको हकमा:
- सूचीदर्ता आवेदनको साथमा नागरिकताको प्रतिलिपि
- व्यक्तिगत विवरण CV अथवा Bio-Data सहित इमेल info@actionnepal.org वा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ। ।
अन्य जानकारीहरू:
- सूचीकृत भएका कम्पनी, फर्म वा व्यक्तिले सन्तोषजनक सेवा तथा सामान सप्लाई नगरेको खण्डमा सूचीबाट हटाउन सकिनेछ र यस उपर कुनै दाबी गर्न पाइने छैन ।
- कम्पनी, फर्म तथा संस्था वा व्यक्तिलाई सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यसै संस्थामा रहने छ ।
विस्तृत जानकारीको लागि:
एक्सन नेपाल
नीलकण्ठ नगरपालिका वडा नं. ३ सुगमटोल, धादिङ
इमेल: info@actionnepal.org
फोन नं: ०१०-५२१०१२
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १८, बिहीबार १६:५९भुजुङमा ACAP को पहलमा जैविक विविधता संरक्षणदेखि होमस्टे, चिया उद्योग र पर्यटन प्रवर्द्धनसम्म
कला, विचार/मनोरञ्जन२०८३ असार १८, बिहीबार १६:३५को हुन् ‘गौँथली’का निर्देशक डा. कपिल रिजाल, जसले अटिजमको कथालाई पर्दामा उतारे?
सूचना-प्रविधि२०८३ असार १८, बिहीबार १३:१४सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १८, बिहीबार १३:१२७१ जिल्लामा फैलियो डेंगुको प्रकोपः हजार बढी संक्रमित









