पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टका बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरूले नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्। शुक्रबार कलेजको सभाकक्षमा आयोजित कार्यक्रममा दुईवटा सेक्सनका ६९ विद्यार्थी छ वटा समूहमा विभाजन भएर विभिन्न समसामयिक विषयमा पत्रकार सम्मेलनको अभ्यास गरेका हुन्।
विद्यार्थीहरूले फ्लाई दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको, पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव आयोजना गरेको तथा पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला सञ्चालन गरेको विषयलाई आधार बनाएर नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए। त्यसैगरी पसल डट कमको सेवा विस्तार, साइमेक्स इन्कर्पोरेसनको विद्युतीय गाडी आयातसम्बन्धी विवाद र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको विषयमा पनि विभिन्न भूमिका निर्वाह गर्दै अभ्यास गरेका थिए।
कलेजकी प्राचार्य लीना नेगी श्रेष्ठले ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरूका लागि यस्तो अभ्यासले मिडियासँग समन्वय गर्ने व्यावहारिक सीप विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
विषय शिक्षक सुवास मल्लले पत्रकार सम्मेलन सञ्चालन, प्रेस विज्ञप्ति लेखन तथा सञ्चारमाध्यमसँग प्रभावकारी सम्बन्ध कायम गर्ने सीप विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा पत्रकार भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थीहरूको प्रस्तुतीकरणको मूल्याङ्कन गर्दै आवश्यक सुझाव दिएका थिए। सहभागी विद्यार्थी रबिश्मा अधिकारीले अनुभवी पत्रकारहरूबाट प्राप्त सुझावले वास्तविक कार्यक्षेत्रका लागि आफूहरूलाई थप तयार बनाएको बताउनुभयो।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको छ। हाल कलेजमा दिवा तथा बिहानी सत्र गरी ६ सयभन्दा बढी विद्यार्थी बिबिए, बिबिए फाइनान्स र बिसिएसआईटी कार्यक्रममा अध्ययनरत छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार ०८:१९‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको ‘जुनेली’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित








