स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा « रिपोर्टर्स नेपाल

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा « रिपोर्टर्स नेपाल

काठमाडौं, असार २८ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले हरायो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा खाता खोल्नुभयो । त्यसपछि स्विट्जरल्यान्डका डान एन्डोयले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

७२औँ मिनेटमा ब्रेल एम्बोलो रातो (दोहोरो पँहेलो) कार्ड पाउँदै बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा जुलियन अल्भारेजले एक सय १२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई पुन: अग्रता दिलाउनुभयो ।

एक सय २० मिनेट पछिको इन्जुरी समयमा लौटारो मार्टिनेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई सजिलै जिताउनुभयो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शनिबार राति भएको खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   5   =