धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

धादिङबेशी । धादिङ जिल्ला अदालतले दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट गरी त्यस्ता मुद्दाको संख्या शून्यमा झारेको छ । आर्थिक वर्ष २०८२/८३ मा अदालतले कुल एक हजार ५५८ मुद्दामध्ये एक हजार ८५ मुद्दा फछ्र्योट गरेको हो ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका दुई वर्ष नाघेका २४ थान मुद्दा गत आर्थिक वर्षमा फैसला गरिएसँगै पुराना मुद्दाको संख्या शून्यमा झरेको जिल्ला अदालतका स्रेस्तेदार राजेन्द्र लुइँटेलले जानकारी दिनुभयो ।

जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा एक हजार २३३ नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३२५ मुद्दासहित अदालतमा कुल एक हजार ५५८ मुद्दा कायम भएका थिए । दुई न्यायाधीश कार्यरत अदालतले तीमध्ये एक हजार ८५ मुद्दा अर्थात् ६९ दशमलव ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदालतको वार्षिक तथ्याङ्कअनुसार देवानी तथा फौजदारी प्रकृतिका मुद्दा सबैभन्दा बढी दर्ता तथा फछ्र्योट भएका छन् । त्यसैगरी पुनरावेदन र रिटसम्बन्धी मुद्दाको पनि सुनुवाइ तथा किनारा लगाइएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा धादिङ जिल्ला अदालतमा ४७३ मुद्दा फछ्र्योट हुन बाँकी छन् । नयाँ दर्ता भएका मुद्दाको तुलनामा फछ्र्योट भएका मुद्दाको संख्या कम रहे पनि दुई वर्ष नाघेका सबै मुद्दा टुङ्ग्याउन सफल भएको अदालतले जनाएको छ । स्रेस्तेदार लुइँटेलका अनुसार बाँकी मुद्दाको समयमै सुनुवाइ तथा फछ्र्योट गर्न अदालतले आगामी आर्थिक वर्षका लागि महत्वकांक्षी कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   4   =