समाचार लेखेकै भरमा पत्रकार सुमन ढुंगानालाई धम्की, प्रेस चौतारी कास्कीको कडा आपत्ति

पोखरा । प्रेस चौतारी नेपाल कास्की शाखाले पत्रकार सुमन ढुंगानामाथि समाचार प्रकाशन/प्रसारणका विषयलाई लिएर दिइएको धम्की र दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पोखरा महानगरपालिका–३३ स्थित नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी रिसोर्ट सञ्चालन गरिएको विषयमा पत्रकार ढुंगानाले तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा–३३ का समिति सभापति दिनेश आचार्यले पटक–पटक व्यक्तिगत सन्देशमार्फत आपत्तिजनक शब्द प्रयोग गर्दै धम्की दिएको जनाएकाे छ।
अध्यक्ष माेतिसागर अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटना निन्दनीय, आपत्तिजनक तथा प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको उल्लेख गरिएको छ। संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने कुनै पनि किसिमका आपराधिक तथा अराजक गतिविधि स्वीकार्य नहुने प्रेस चौतारी कास्कीको भनाइ छ।
प्रेस चौतारी कास्कीले घटनाको कडा भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै पत्रकारलाई निर्वाध रूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न पनि सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22128, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ८, शुक्रबार २२:३२समाचार लेखेकै भरमा पत्रकार सुमन ढुंगानालाई धम्की, प्रेस चौतारी कास्कीको कडा आपत्ति
समाचार२०८३ श्रावण ८, शुक्रबार ०६:२७गण्डकीका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री काकीको १०० दिने उपलब्धि सार्वजनिक
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड





