‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग

‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग


काठमाडौं । छायांकनका क्रममा खिचिएको गोप्य भिडियो मोबाइलमा रेकर्ड गरी टिकटकमा सार्वजनिक गरेपछि कथावस्तु र गोपनीयता भंग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’ का निर्माताले एक प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर गरेका छन्।

उक्त कार्यका कारण ६ दिनको छायांकन खेर गएको दाबी गर्दै निर्माताले प्रतिवादीसँग ५१ लाख रुपैयाँ क्षतिपूर्ति पनि माग गरेका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले नुवाकोटका २७ वर्षीय प्राविधिक मनोज अधिकारी (सुदीप भनेर चिनिने) विरुद्ध अभियोगपत्र दायर गरेको छ।

फिल्मका तर्फबाट नेत्रबहादुर विष्टले अधिकारीविरुद्ध किटानी जाहेरी दिएका हुन्। यस घटनाबारे नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ।

अभियोगपत्रअनुसार अधिकारीले जेठ ३ र ४ गते उक्त फिल्ममा स्पटब्वायका रूपमा काम गरेका थिए। सोही क्रममा उनले छायांकनको गोप्य भिडियो मोबाइलमा रेकर्ड गरी टिकटकमा सार्वजनिक गरेको आरोप छ। चेतावनी पाएपछि भने उनले १० मिनेटभित्रै ती भिडियो टिकटकबाट हटाएका थिए।

प्रतिवादीविरुद्ध विद्युतीय कारोबार ऐन, २०८३ को दफा ४८ को उपदफा (१) बमोजिम गोपनीयता भंग गरेको कसुरमा सजाय माग गरिएको छ। उक्त दफाअनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना, दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  डिजिटल प्रतिभालाई सम्मान गर्न ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, ५०० बढीको सहभागिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   7   =