अस्ट्रेलियामा ‘मालती मंगले’को प्रिमियर सम्पन्न

अस्ट्रेलियामा ‘मालती मंगले’को प्रिमियर सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ‘मालती मंगले’ को रेड कार्पेट प्रिमियर अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेस ओभनमा सम्पन्न भएको छ।

निर्माता तथा गायक रामकृष्ण ढकालका अनुसार प्रिमियरसँगै आयोजित भीआईपी डिनर शोमा करिब २०० सिट क्षमताको हलमा ३०० भन्दा बढी दर्शक उपस्थित भएका थिए।

प्रिमियरमा सिड्नीमा रहेका नेपाली समुदायको उपस्थिति थियो। प्रदर्शनपछि आयोजित कार्यक्रममा ढकालले दर्शकको प्रतिक्रियाप्रति खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने आयोजक माउन्ट पुमोरीको टोली, संयोजक शोभित बस्नेत, सुबास थापा, प्रायोजक तथा निर्माण टोलीलाई धन्यवाद दिएका छन्।

चलचित्र प्रदर्शनपछि ढकालले आफ्ना आठ गीत प्रस्तुत गरेका थिए। उनलाई ‘द भ्वाइस अफ नेपाल’बाट परिचित गायिका अञ्जली हमालले चार युगल गीतमा साथ दिएकी थिइन्।

निर्माण पक्षका अनुसार सिड्नी प्रिमियर चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अभियानअन्तर्गत आयोजना गरिएको हो। यसअघि चलचित्र अमेरिका र क्यानडाका विभिन्न सहरमा पनि प्रदर्शन गरिएको थियो।

रानी फिल्म्स र युनि इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रका निर्देशक प्रकु पाण्डेय हुन्। कथा पनि उनकै हो भने पटकथा तथा संवादमा संयोग गुरागाईंले सहकार्य गरेका छन्।

चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, शकु शाह, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको अभिनय छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सहनिर्माता छन्। चलचित्रको छायांकन महेश पौडेल, सम्पादन रोमी मोजेज, रङ संयोजन कृष्ण भण्डारी, पृष्ठभूमि संगीत सुजिल कर्माचार्य तथा साउन्ड मिक्सिङ डिकेश खड्गीले गरेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  साइग्रेस पोखरेल ‘फलानो ढिस्कानो’मा पत्रकारको भूमिकामा
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   4   =