तीजमा ‘अक्षरा’को ‘नाचौन बरिलै’ सार्वजनिक, भदौ २६ बाट प्रदर्शनमा आउने

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज विशेष गीत ‘नाचौन बरिलै’ सार्वजनिक गरिएको छ।
निर्माण टिमले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरेको हो। गीतको भिडियो मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत छ। लोकलयमा आधारित गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्री न्यान्सी खड्का र रिस्ता अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। कार्यक्रममा उपस्थित पत्रकार तथा फिल्मकर्मीले उनीहरूको नृत्यको प्रशंसा गरेका थिए।
विनयराज पौडेल निर्देशित फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिएका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्।
फिल्मको मूल कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले तयार पारेका छन्।
फिल्मका गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ। गायनमा अन्जु पन्त, समिक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिन्छ। दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्नेछन्।
निर्माण पक्षका अनुसार फिल्मका गीत तथा अन्य डिजिटल सामग्री मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक गरिनेछ। केही दिनअघि निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधि प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक सम्झौतासमेत भएको थियो।
भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘अक्षरा’को प्रचारप्रसारलाई निर्माण टिमले तीव्र बनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १४, बिहीबार २१:१६तीजमा ‘अक्षरा’को ‘नाचौन बरिलै’ सार्वजनिक, भदौ २६ बाट प्रदर्शनमा आउने
समाचार२०८३ श्रावण १४, बिहीबार २०:०२हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १४, बिहीबार १५:११मिथिला शर्माद्वारा गुरुहरूको नाममा स्थापित सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १४, बिहीबार ११:१८भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य









