लन्डनमा नेपाली संगीतको उत्सव, ‘बीएसके फेस्टिभल’मा कलाकार र दर्शकको जमघट

काठमाडौं। बेलायतमा नेपाली समुदायको संख्या बढेसँगै नेपाली गीत–संगीतको माग र लोकप्रियता पनि बढ्दै गएको छ । नेपालबाट पुगेका कलाकारलाई आफ्नै सहरमा प्रत्यक्ष सुन्न र भेट्न पाउनु प्रवासी नेपालीका लागि मनोरञ्जनसँगै भाषा, संस्कृति र संगीतसँग जोडिने माध्यम बनेको छ ।
यही क्रममा लन्डनस्थित बीएसके इन्टरटेनमेन्टले गत अगस्ट १ मा एप्स कोर्टमा ‘बीएसके फेस्टिभल’ आयोजना गरेको थियो । फेस्टिभलमा कुमा सागर एन्ड द ख्वप, सज्जन राज वैद्य, द इलिमेन्ट्स र भक्त ब्यान्डले प्रस्तुति दिएका थिए ।

कलाकारहरूले नयाँदेखि पुराना गीत प्रस्तुत गर्दा दर्शकले पनि उत्साहका साथ साथ दिएका थिए । कलाकारको प्रस्तुति र दर्शकको उत्साहले एप्स कोर्ट नेपाली संगीतको माहोलमा रंगिएको थियो ।
सन् २०१९ मा स्थापना भएको बीएसके इन्टरटेनमेन्टले बेलायतमा नेपाली कलाकार तथा संगीतकर्मीलाई जोड्दै विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाका अनुसार हालसम्म नेपालबाट ५० भन्दा बढी कलाकारलाई लन्डनमा प्रस्तुति दिन ल्याइसकेको छ ।
बीएसकेले नेपथ्य, ‘द भ्वाइस अफ नेपाल’का सहभागी जनक राई, गायक सबिन राई, जोन चाम्लिङ राई, दुर्गेश थापालगायत कलाकारसँग सहकार्य गरिसकेको जनाएको छ ।
नेपालबाट जाने कलाकार र बेलायतमै रहेका नेपाली संगीतकर्मीलाई एउटै प्लेटफर्ममा जोड्ने तथा नेपाली संगीतलाई विदेशमा विस्तार गर्ने उद्देश्यले बीएसकेले यस्ता कार्यक्रम आयोजना गर्दै आएको हो ।

बीएसके इन्टरटेनमेन्टका निर्देशक सोम चाम्स नेपाली कलाकार र उनीहरूको संगीतलाई नेपालमा मात्र सीमित नराखी विश्वभर रहेका नेपाली समुदायसम्म पुर्याउने उद्देश्य रहेको बताउँछन् ।
“नेपाली कलाकार नेपालमा मात्रै सीमित हुनु हुँदैन । नेपाली मन जहाँ छ, त्यहाँ नेपाली संगीत पनि पुग्नुपर्छ भन्ने हाम्रो सोच हो,” चाम्सले भने, “नेपालबाट कलाकार ल्याएर प्रवासमा रहेका नेपाली दर्शकसँग जोड्ने र यहाँ रहेका कलाकार तथा संगीतकर्मीलाई पनि एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरिरहेका छौँ ।”

चाम्सका अनुसार बीएसकेको उद्देश्य सांगीतिक कार्यक्रम आयोजना गर्नेमै सीमित छैन । नेपाली संगीतको अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुका साथै नेपाल र प्रवासमा रहेका कलाकारबीच सहकार्यको वातावरण बनाउने प्रयास पनि भइरहेको छ ।
यसैक्रममा बीएसके इन्टरटेनमेन्टको प्लेकार्ड पर्वतारोही निर्मल पुर्जाका भाइमार्फत सगरमाथाको शिखरसम्म पुर्याइएको उनले बताए ।
नेपालबाट कलाकार ल्याएर प्रवासमा कार्यक्रम गर्ने मात्र नभई नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने अभियानमा बीएसकेले आगामी दिनमा पनि यस्ता सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २६, मंगलवार २३:३९लन्डनमा नेपाली संगीतको उत्सव, ‘बीएसके फेस्टिभल’मा कलाकार र दर्शकको जमघट
समाचार२०८३ श्रावण २६, मंगलवार १७:१६ग्यास अभावप्रति सांसद आशिका तामाङको कवितामार्फत व्यङ्ग्य
समाचार२०८३ श्रावण २६, मंगलवार १६:५०सुनसरी र सिरहामा प्रदर्शनको क्रममा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २६, मंगलवार १४:५७‘मास्टर्नी’को ‘गुराँस फुल्दा’ गीत सार्वजनिक









