‘तिरिमिरी झ्याइँ’को टिमलाई रामधुनी नगरपालिकाको सम्मान

काठमाडौं । हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन यतिबेला पूर्वी नेपालका विभिन्न पर्यटकीय स्थलमा भइरहेको छ । स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले फिल्मको सम्पूर्ण निर्माण टिमलाई सम्मान गरेको छ ।
रामधुनी नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा तथा विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थितिमा फिल्म टिमलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको हो ।
सम्मान कार्यक्रममा नगर प्रमुख चौधरीले आफ्नो नगरमा फिल्मको छायांकन भइरहेकोमा खुसी व्यक्त गरे । उनले फिल्मले रामधुनीको धार्मिक तथा पर्यटकीय पहिचानलाई थप व्यापक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“रामधुनी ऐतिहासिक र धार्मिक ठाउँ हो, जहाँ अहिले पनि निरन्तर आगो बलिरहेको छ । यहाँ भारतबाट समेत ठूलो संख्यामा सन्त–महन्त र भक्तजन आउने गर्छन्,” उनले भने, “तिरिमिरी झ्याइँको टिम सुटिङका लागि यहाँ आउनुभएकोमा धन्यवाद । यस फिल्मले रामधुनीको धार्मिक र पर्यटकीय पहिचानलाई अझ व्यापक रूपमा चिनाउनेछ भन्ने आशा छ ।”
नगरपालिकाबाट प्राप्त सम्मानप्रति निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले सम्पूर्ण टिमका तर्फबाट आभार व्यक्त गरे । उनले कला र संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्ने प्रयासको मूल्यांकन गर्दै सम्मान गरेकोमा नगरपालिकाप्रति धन्यवाद दिए ।
आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा निर्माण भइरहेको फिल्म पारिवारिक, मनोरञ्जनात्मक तथा सामाजिक कथामा आधारित छ ।
फिल्मले समकालीन समाजका विविध रमाइला तथा ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन् ।
फिल्ममा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रेअर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहनेछ ।
भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सहनिर्माताका रूपमा छन् ।
विशाल कक्षपतिको छायांकन रहेको फिल्ममा अभिषेक कार्की संगीतकार छन् । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका हुन् ।
करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा आबद्ध छन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन् । दिलमाया रोकाले मेकअप, अप्सरा कुँवरले हेयर स्टाइल र रीजुन प्रधानले कस्ट्युम डिजाइन सम्हालेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट









