रसुवाको बाढीमा ५४७ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढीका कारण ५४७ शव फेला परेको हो।
रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २२१ शव चितवनमा भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार ९७७ जना सम्पर्क विहिन छन् । प्रहरीका २८, सेनाका ४५, शसस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवा र नुवाकोटबाट १६२ जना सम्पर्क विहिन भएको प्राधीकरणले जानकारी गराएको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22437, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १२, शुक्रबार १७:४२प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
समाचार२०८३ भाद्र १२, शुक्रबार १७:१७रसुवाको बाढीमा ५४७ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन
समाचार२०८३ भाद्र ११, बिहीबार १६:५९बाढीपहिरो प्रभावितका लागि कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख सहयोग
समाचार२०८३ भाद्र ११, बिहीबार १३:०७भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन






