२३ वर्षदेखि बेपत्ता परिवारको पीडा उस्तै, राज्यसँग न्यायको माग

पोखरा । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको १६औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा ‘बेपत्ता परिवारको अधिकार’ विषयक सरोकारवाला संवाद कार्यक्रम सम्पन्न भएको छ।
१४ वटा गैरसरकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बेपत्ता छानबिन आयोग गठन भए पनि पटक–पटक सरकार परिवर्तन हुँदा समेत २३ वर्षदेखि बेपत्ता परिवारको समस्या समाधान हुन नसकेको भन्दै सहभागीहरूले गुनासो गरेका छन्। उनीहरूले सरकारले आफूहरूको आवाज सुन्नुपर्ने र समस्याको यथाशीघ्र सम्बोधन गर्नुपर्ने माग गरेका छन्।
कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बेपत्ता परिवारको विषयमा जानकार व्यक्तिहरूलाई समेत समेटेर ढिलाइ नगरी प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि दीपेन्द्र पोख्रेलले कार्यक्रममा उठेका विषय र बेपत्ता परिवारका आवाज सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका मानव अधिकार अधिकृत टंक खनाल, मानव अधिकार सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरि ढुंगाना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले बेपत्ता परिवारको समस्या समाधान गरी राज्यले न्यायको अनुभूति दिलाउनुपर्नेमा जोड दिए ।
बेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का र सञ्चालन मानव अधिकारका लागि महिला, महिला एक महिला समूह गण्डकी प्रदेशका सचिव जुना केसीले गरेकी थिईन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22454, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १४, आईतवार १८:२७२३ वर्षदेखि बेपत्ता परिवारको पीडा उस्तै, राज्यसँग न्यायको माग
समाचार२०८३ भाद्र १३, शनिबार २०:२०प्रतिभा उच्च माविले जित्यो मन्जु बहादुर बस्नेत मेमोरियल ह्यान्डबलको उपाधि
समाचार२०८३ भाद्र १२, शुक्रबार १७:४२प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
समाचार२०८३ भाद्र १२, शुक्रबार १७:१७रसुवाको बाढीमा ५४७ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन








