बाढी प्रभावितको लागि नेपाल न्यूरोसर्जन समाजद्वारा ५ लाख १०१ रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी बाढीबाट उत्पन्न भएको दुःखद तथा भयावह परिस्थितिप्रति नेपाल न्यूरोसर्जनस् समाज (नेसन) ले गहिरो दुःख व्यक्त गरेको छ। यस प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट, धादिङलगायतका विभिन्न स्थानमा व्यापक धनजनको क्षति हुनुका साथै नागरिकले ज्यान गुमाउनुपरेको र धेरै घाइते भई उपचाररत रहेकोप्रति समाजले स्वास्थ्य लाभकाे कामना गरेकाे छ।
संकटको यस घडीमा उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा ५ लाख १०१ रुपैयाँ जम्मा गरिएको समाजका अध्यक्ष प्रा. डा. राजीव झाले जानकारी दीए ।
यस्ताे अवस्थामा अहोरात्र खटिएका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, स्वदेशी तथा विदेशी उद्धारकर्मी, नागरिक समाज तथा सम्पूर्ण स्वयंसेवी र सर्वसाधारणप्रति समाजले हार्दिक सम्मान व्यक्त गरेको छ। साथै, यस विपत्तिमा अन्य सहयोगी मनहरूलाई समेत उदारतापूर्वक राहत तथा उद्धार कार्यमा सहभागी हुन समाजले आह्वानसमेत गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १८, बिहीबार ११:२३माओत्से गुरुङको ‘पेन्सन पट्टा’ लाई सबैले हेर्न मिल्ने
समाचार२०८३ भाद्र १७, बुधबार २०:५३धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १७, बुधबार २०:३०बाढी प्रभावितको लागि नेपाल न्यूरोसर्जन समाजद्वारा ५ लाख १०१ रुपैयाँ सहयोग









