‘गौँथली’ ले मनायो प्रदर्शनको ५१औँ दिन » Celebrity Nepal

‘गौँथली’ ले मनायो प्रदर्शनको ५१औँ दिन » Celebrity Nepal

पूर्ण बहादुरको सारङ्गी’पछि यो सिनेमा नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ ।


काठमाडौं । चलचित्र ‘गौंथली’ ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ज भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१ औँ दिन मनाउन सफल भएको हो ।

‘गौँथली’ हाल ४३ हलमा प्रदर्शनरत छ । “हाम्रो सिनेमा आज ४३ हलमा ५९ शो सहित प्रदर्शन भइरहेको छ,” निर्माता सुमन गिरीले भने, “हालसम्म २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कलेक्सन गरेको छ ।” ‘पूर्ण बहादुरको सारङ्गी’पछि यो सिनेमा नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ ।

“हाम्रो मेहनत र दर्शकको मायाले हामी ५१औँ दिन मनाउन सफल भएका छौँ,” निर्देशक कपिल रिजालले भने, “यो मायाले हामीलाई थप जिम्मेवार बनाएको छ ।” थप जिम्मेवार बन्दै चाँडै दर्शकमाझ आउने उनको भनाइ छ । उनले दर्शकलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन् ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘अक्षरा’को ट्रेलरमा जबर्जस्ती विवाहको कथा, निर्माताको आम्दानीको १० प्रतिशत कोषमा
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   10   =