फेवातालमा ३० फिट गहिराइबाट युवकको उद्धार

फेवातालमा ३० फिट गहिराइबाट युवकको उद्धार

पोखरा । फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङलाई सशस्त्र प्रहरीले अचेत अवस्थामा उद्धार गरेको छ।

पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि कायकिङ गर्ने क्रममा तामाङ डुबेको सूचना पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण कालिका फेवा रेस्क्यु टावरबाट गोताखोरसहितको टोली खटिएको थियो।

गोताखोर टोलीले दिउँसो २ः५० बजे तालको करिब ३० फिट गहिराइबाट तामाङलाई अचेत अवस्थामा फेला पारी उद्धार गरेको हो। उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिम क्षेत्रीय अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22536, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  ‎छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   10   =