दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन

दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन

पोखरा । दलित अधिकार तथा विकाससम्बन्धी प्रस्तावित विधेयकमाथि पोखरामा संवाद तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।

दलित महिला संघ (FEDO) कास्कीको आयोजनामा भएको कार्यक्रममा सरकारले मस्यौदा गरेको ‘दलित अधिकार तथा विकास विधेयक’ मा समेटिएका विषय, दलित समुदायका अधिकार तथा कार्यान्वयनका सम्भावित पक्षबारे छलफल गरिएको हो।

कार्यक्रममा अधिवक्ता शिव सुनारले प्रस्तावित विधेयकका प्रमुख व्यवस्था, दलित अधिकारको संवैधानिक आधार तथा विधेयकले सम्बोधन गर्न खोजेका विषयबारे सहजीकरण गरेका थिए। सहभागीहरूले विधेयकमा दलित समुदायका सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी अधिकारलाई प्रभावकारी रूपमा समेटिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा निजी विद्यालय तथा अस्पतालमा दलित तथा विपन्न समुदायका लागि निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने, दलित महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरिएको थियो।

दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन

कार्यक्रमका प्रमुख अतिथि  जिल्ला समन्वय समिति कास्कीकी सदस्य सीतादेवी विश्वकर्माले दलित समुदायको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्थासँगै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताईन्

कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, नेकपा (एमाले) कास्की जिल्ला कमिटीका सचिव लालबहादुर परियार, दलित महिला संघ गण्डकी प्रदेश संयोजक सुमित्रा गायक, संघका जिल्ला सदस्य सरस्वती परियार लगायतका सहभागीहरूले विधेयकलाई व्यवहारिक र कार्यान्वयनमुखी बनाउन स्थानीय तहको भूमिकालाई समेत स्पष्ट पारिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा पोखरा महानगर क्षेत्रका दलित अगुवा, अधिकारकर्मी, अभियन्ता, जनप्रतिनिधि, महिला समूह तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले प्रस्तावित विधेयकमा समेटिनुपर्ने विषय र सुधार गर्नुपर्ने प्रावधानबारे सुझाव दिएका थिए।

दलित महिला संघले जातीय भेदभाव तथा छुवाछुत र लैंगिक विभेदको दोहोरो शोषणमा परेका दलित तथा सीमान्तकृत महिलालाई संगठित, सचेत र सशक्त बनाउँदै उनीहरूको अधिकार स्थापित गर्ने उद्देश्यले विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

दलित महिला संघ गण्डकी प्रदेश संयोजक सुमित्रा गायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तनुजा परियारले गरेकी थिइन्।

यो पनि पढ्नुहोस् :  रेडक्रस उपशाखा–१४ को रक्तदानमा २२ युनिट रगत संकलन

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22671, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   9   =