सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जन सिल

सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जन सिल

सिन्धुपाल्चोक । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित औषधि पसल, निजी स्वास्थ्य संस्था, भेटेरिनरी तथा चौतारा अस्पताल र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका फार्मेसीलगायतको अनुगमन गरिएको छ।

अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालनमा रहेका पाँचवटा औषधि पसल र दुईवटा भेटेरिनरी पसल सिल गरिएको छ। त्यस्तै, तीनवटा औषधि पसलमा ताला लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको संयोजकत्वमा मंगलबार र बुधबार चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकालगायतका क्षेत्रमा अनुगमन गरिएको हो।

अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा स्वास्थ्य संस्था तथा औषधि पसलहरू प्रचलित मापदण्डअनुसार सञ्चालन भए–नभएको, आवश्यक अनुमति तथा दर्ता भए–नभएको र स्वास्थ्य सेवा तथा औषधि बिक्रीसम्बन्धी कानुनी व्यवस्थाको पालना भए–नभएको निरीक्षण गरिएको जनाइएको छ।

मापदण्ड पूरा नगरेका तथा आवश्यक प्रक्रिया पूरा नगरेका औषधि पसलहरू सिलबन्दी गरिएको छ भने केहीलाई आवश्यक सुधार तथा प्रक्रिया पूरा गर्न सचेत गराइएको छ।

अनुगमन टोली आएको थाहा पाएपछि केही औषधि पसल सञ्चालकले पसल बन्द गरी सम्पर्कविहीन भएको जनाइएको छ। त्यस्ता पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

जिल्लामा निजी स्वास्थ्य संस्था तथा औषधि पसलहरू निर्धारित मापदण्डअनुसार सञ्चालन भए–नभएको विषयमा जनस्वास्थ्य कार्यालय, औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमनलाई निरन्तरता दिने जनाइएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  स्वास्थ्यमन्त्रीले गरे भरतपुर आँखा अस्पतालको अनुगमन
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   3   =