एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

काठमाडौँ, ८ असोज । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ३४-२५ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै नेपाली महिला टोलीले कबड्डीमा पदक जित्ने निश्चित भएको छ ।
यसअघि चिनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली महिला टोलीले कास्य पदक जितेको थियो ।
आज खेलको पहिलो हाफमा १९-१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५-१२ ले अघि रहँदै समग्रमा मलेसियामाथि ३४-२५ ले जित निकाल्न सफल भयो । समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई हराएको थियो भने नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनल प्रवेश गरेको छ ।
त्यसैगरी, आजै भएको पुरुष कबड्डी खेलमा पनि नेपालले मलेसियामाथि जित हासिल गरेको थियो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३-५२ को जित हासिल गरेको हो ।
नेपालले खेलको पहिलो हाफमै ३७-२१ को स्कोर बनाएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा नेपालले मलेसियामाथि ३६-३१ अगाडि रहँदै समग्रमा २१ अङ्कले जित हासिल गर्यो ।
यो नेपाली पुरुष टोलीको सान्त्वना जित हो । यसअघि नेपाल लगातार तीन खेलमा पराजित भएसँगै नेपाली पुरुष टोली प्रतियोगिताबाट बाहिरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ८, बिहीबार २२:४३धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन
समाचार२०८३ आश्विन ८, बिहीबार २०:४०अविरल वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट जोगाउन यस्तो छ सरकारको तयारी
खेलकुद२०८३ आश्विन ८, बिहीबार १६:५२एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ८, बिहीबार १६:०६गुल्मीमा रेबिजविरुद्ध निःशुल्क खोप अभियान









