एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।
आज जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो ।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो ।
नेपालले अब शनिबार जापानसँग खेल्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ९, शुक्रबार १९:१७अन्तर्राष्ट्रिय धादिङ समाजको विधान संशोधन समितिको संयोजकमा अधिवक्ता दिनेश दुवाडी
समाचार२०८३ आश्विन ९, शुक्रबार १८:२५सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ९, शुक्रबार १६:४२चलचित्र ‘अक्षरा’ असोज २३ मा » Celebrity Nepal
खेलकुद२०८३ आश्विन ९, शुक्रबार १३:५६एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो









