कञ्चनपुरमा ब्याडमिन्टन प्रतियोगिता

महेन्द्रनगर, १६ असोज । कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा आजदेखि पुरुष डबल्स जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
यहाँस्थित निङ्गलाशैनी विकास समाजको आयोजनामा दुईदिने जिल्ला स्तरीय प्रतियोगिताको एक समारोहबीच निङ्गलाशैनी समाजका संस्थापक अध्यक्ष महेश चन्दले उद्घाटन गरे ।
नजिकिदै गरेको विजया दशमी, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा उपाधि विजेता टोलीले २५ हजार, उपविजेताले १२ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले ६ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक दिलबहादुर धामीले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत पुरुष, ४५ वर्षमाथिको भेट्रान र ५० वर्षमाथिको सुपर भेट्रान विधा समावेश गरिएको छ । सबै विधाका खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरिने संयोजक धामीले जानकारी दिए । प्रतियोगितामा जिल्लाभरका ५५ टोली सहभागी छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १८, आईतवार १२:३२पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशन प्रतिनिधि समर्थककाे र्याली खुलामञ्चमा
समाचार२०८३ आश्विन १८, आईतवार ०९:५९आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १७, शनिबार २०:२५सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
समाचार२०८३ आश्विन १७, शनिबार २०:१८पश्चिमी भूभागबाट बाहिरियो मनसुन,मध्य तथा पूर्वी भूभागबाट बाहिरन केही दिन लाग्ने









