एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिएका छन्।

यसै मुद्दामा पक्राउ परेका एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशअनुसार जोशीले १५ लाख रुपैयाँ र पाण्डेले १२ लाख रुपैयाँ धरौटी बुझाउनुपर्नेछ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिनअघि जोशी र पाण्डेलाई पक्राउ गरेको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनालाई प्रतिवादी बनाउँदै बिहीबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएपछि अदालतले अध्यक्ष र महासचिवलाई पक्राउ गर्न आदेश दिएको हो भने पक्राउ परेका अन्य दुई प्रतिवादीलाई धरौटीमा छाड्ने निर्णय गरेको हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   2   =