असल छिमेकी सहकारीको अध्यक्षमा अधिकारकर्मी सुवेदी

असल छिमेकी सहकारीको अध्यक्षमा अधिकारकर्मी सुवेदी

पोखरा ।
पोखरा महानगरपालिका–१७, बिरौटामा रहेको असल छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा अधिकारकर्मी रामप्रसाद सुवेदी चयन भएका छन्।

संस्थाको १७औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट आर्थिक वर्ष २०८३/८४ देखि २०८५/८६ सम्मको कार्यकालका लागि सुवेदीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा केशकुमारी भुजेल, सचिवमा तारादेवी सुवेदी र कोषाध्यक्षमा प्रदीप सुवेदी चयन भएका छन्। निर्वाचन संयोजक तथा पत्रकार श्यामनाथ कुँवरले निर्वाचन परिणामबारे जानकारी दिएका हुन्।

त्यसैगरी, कार्यसमिति सदस्यमा राजु गिरी, सीता परियार, सिर्जना ढुङ्गाना, डिल्लीराम शर्मा र सुनिता लामिछाने चयन भएका छन्।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा मधु पन्थी चयन भएका छन् भने सदस्यमा झ्यामकुमारी पौडेल र मुनादेवी श्रेष्ठ चयन भएका छन्।

२०६७ पुस २६ गते स्थापना भएको यस सहकारीले समुदायमा बसोबास गर्ने मानिसलाई एकीकृत गर्दै महिला तथा विपन्न वर्गको आर्थिक पहुँच विस्तार गर्नुका साथै उद्यमशीलताको विकास गर्ने उद्देश्य राखेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22849, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  बुढीगण्डकी नदी थुनिँदै खुल्दै गर्दा जोखिम बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   7   =