एनपीएल: लुम्बिनीको शानदार जित, पोखरा ८ विकेटले पराजित

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ।
पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। कप्तान रोहित पौडेलले अविजित ४७ र निरोशन डिकवेलाले २७ रन बनाए।
यसअघि पोखराले ९ विकेटको क्षतिमा ९७ रन बनाएको थियो। लुम्बिनीका रुबेन ट्रम्पलमानले सर्वाधिक ३ विकेट लिए।
यो जितसँगै ५ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने लगातार तीन हार बेहोरेको पोखरा पुछारमा छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ कार्तिक १८, मंगलवार २१:०५एनपीएल: लुम्बिनीको शानदार जित, पोखरा ८ विकेटले पराजित
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १८, मंगलवार १९:५५अन्याय र अत्याचारको विरुद्धमा ‘पाँच पाण्डव’को ट्रेलर
समाचार२०८३ कार्तिक १८, मंगलवार १७:५४संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक १८, मंगलवार १२:४१मस्तिष्कको गम्भीर रोगबाट पीडित कृष्णप्रसादको उपचारका लागि ५० लाख आवश्यक, सहयोगको अपिल









