Home खेलकुद महिला टि-२० सिरिजः जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

महिला टि-२० सिरिजः जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

8
0

काठमाडौं- हङकङमा जारी चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा जापानलाइ ४५ रनले पराजित गर्दै नेपालले तेस्रो स्थान प्राप्त गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

समूह चरणको पहिलो खेलमा नेपाल तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । महिला टि–२० सिरिजको उपाधिका लागी आयोजक हङ्कङ र तान्जानिया विच अवको केहि बेरमा पौने १२ बजे खेल सुरु हुदैछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous article‘मिस्टर ग्लोबल’ मा सहभागी हुन थाइल्यान्ड उडे मिस्टर नेपाल कार्की
Next articleस्वास्थ्य चौकीमा प्रयोगशाला सुरु भएपछि कुसुमवासीमा खुसियाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here