छठी माताको पूजा आराधनामा राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ।
पूजा स्थलमा राष्ट्रपति पौडेल र उहाँकी पत्नी सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभयो। त्यसअघि राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गर्नु भयो ।
यस्तै राष्ट्रपति पौडेल गुहेश्वरी छठ घाट समेत पुग्नु भयो । गुहेश्वरी पुग्नुहुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १६, बुधबार १०:५२बीपी कोइराला अस्पतालको अध्यक्ष पद खुला आवेदनबाट चयन गरिने,यी हुन् आवश्यक याेग्यता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २३:०४‘गौथली’ नयाँ स्वरूपमा पुनः आउँदै, साउन १ गतेदेखि प्रदर्शन
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २२:५९‘मितज्यू’ फिल्म ६ देशमा ‘सोल्ड आउट’, अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २०:५२५ वर्षको प्रतीक्षापछि ‘एक मुठ्ठी बादल’मा अविरलको डेब्यु








