विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १७ मङ्सिर । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण भएका छन् ।
काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागीमध्य ९४ जना अर्थात् ५१ दशमलव ३६ प्रतिशत उत्तीर्ण भएका हुन् ।
उनान्नब्बे जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएका ६ जनाको नतिजा रोका भएको काउन्सिलले उल्लेख गरेको छ ।
यसअघि साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २, मंगलवार ०८:४३उरुग्वे र साउदी अरबबीचको खेल बराबरी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १, सोमबार १४:५१२४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:४७अक्षराकाे तीज गीत ‘नाँचाैं न बरि लै’ काे छायांकन









