डा भोजराज अधिकारीको ‘जनतासँग अस्पताल’ अभियान

चितवन, २० मङ्सिर । चिकित्सक भोजराज अधिकारीले विशेषज्ञ स्वास्थ्य सेवाका पहुँचमा नभएका जनतालाई स्वास्थ्यसँग जोड्ने अभियान सञ्चालन गरेका छन् । उनले पछिल्लो समय गाउँगाउँमा पुगेर स्वास्थ्य शिविरमार्फत् विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
उनले भने , “अस्पताल आउन नसक्ने, आर्थिक अभावले उपचार गर्न नसक्ने, रोग लागेपछि समयमा उपचार गर्नुपर्छ भन्ने ज्ञान नभएका जनतालाई घरगाउँमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छु ।” उनले जटिल समस्या भएकालाई अस्पतालसम्म ल्याएर उपचार पनि गरेका छन् ।
गत निर्वाचनको समयमा चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बन्नुभएका डा अधिकारीले ‘जनतासँग अस्पताल’ को नारा लिएर चुनावमा होमिएका थिए । उनले भने,“म पराजित भए पनि जनतासँग गरेको वाचा पूरा गर्नुपर्छ भनेर लागिरहेको छु ।”
भरतपुर महानगरपालिकाले आजबाट सुरु गरेको ‘समुदायसँग प्रमुख स्वास्थ्य कार्यक्रम’ को विज्ञको भूमिका डा अधिकारी नै रहेका छन् । उनका अनुसार महानगरभित्रका ६८ वर्षमाथिका २५ हजार वृद्धवृद्धा छन् । उनीहरुलाई घरमै पुगेर मधुमेह, उच्च रक्तचाप, तौल, मोटोपन जस्ता परीक्षण गरेर आवश्यक औषधि र सुझाव दिने कार्यक्रम छ ।
उनले भने, “जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा शिविरमा सक्रिय छु ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २३, सोमबार १०:५८सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २३, सोमबार १०:२७चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति








