गायक राजीवको ‘लप्सी फेदीमा’ भिडियो सार्वजनिक

काठमाडौँ। ६०को दशकको हिट गीत ‘बलेको आगो जलेको प्रेम…’का गायक राजीव लोहनी नयाँ गीत लिएर केहि बर्षपछि पुन; नेपाली सांगीतिक बजारमा आएका छन् । सन्चारकर्मी एवं गीतकार मन्दिरा ढुंगेलको शब्द रचना , राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा’ गीतलाई कन्च कृयटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । फरक खालको गीत संगीत गर्न रुचाउने राजीवद्वारा संगीतबद्द गीतलाई उनले फरक शैलीको ट्युनमा कम्पोज गरेका छ्न । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।
नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय रहेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन्। उनको भिडियोमा श्रद्धासंग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनम बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








