कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र’आलिङ्गन’को औपचारिक घोषणा

काठमाडौँ। निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष आजकै दिन अर्थात मङ्सिर २३ गते उनि निर्देशित चलचित्र ‘डेसान’ प्रदर्शनमा आएको थियो। चलचित्र ‘डेसान’ बाट उनले राम्रै प्रसंशाको साथै बिभिन्न अवार्ड पनि प्राप्त गर्न सफल भएका थिए। मगरले चलचित्र ‘शिरफूल’ मार्फत निर्देशनमा पाइला चालेका हुन्। ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो चलचित्र हो। सामाजिक प्रेमकथामा बन्ने चलचित्रको कथा स्वयम् मगरले लेखेका हुन्।

चलचित्रको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन्। कृशला मगर कार्यकारी निर्माता रहेको चलचित्रलाई चक्र बहादुर महर्जनले छायांकन गर्नेछन्। परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा निर्माण हुने चलचित्र ‘आलिङ्गन’ मा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकहरुको बारेमा निर्माण टिमले केहि समय पछि पत्रकार सम्मेलन गरेर जानकारी दिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार १७:२१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २४, शनिबार १५:४७राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
सूचना-प्रविधि२०८३ आश्विन २४, शनिबार १०:१८इन्टरनेटको शुल्क बढेको छैन, ग्राहकलाई मर्का परे कारबाही हुन्छ : प्राधिकरण « रिपोर्टर्स नेपाल
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो









