भण्डारीको चलचित्र ‘एक्टर’ मा प्रदीप खड्का अनुबन्धित

काठमाडौं । अभिनेता प्रदीप खड्काले ‘पुजार सार्की र ऐरी’पछि नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलाचिरा ‘एक्टर’ मा खड्का अनुबन्ध भएका छन्। थमन कुमार भण्डारीले निर्माण गर्ने चलचित्रका निर्देशक राजन भुसाल हुन् । ‘पण्डित बजेको लौरी’ निर्माण गरेका भण्डारीले धेरै वर्षको पर्खाइमा यो चलचित्र बनाउन तयारी गरेका छन्। भण्डारीले चलचित्र केहि बिसेष हुने बताएका छन्।
चलचित्रको कथा तथा अन्य विषयमा अरु केही पनि बताइएको छैन । चलचित्रको छायांकन आगामी बैशाख गर्ने निर्माण टिमको लक्ष्य रहेको छ। चलचित्रलाइ सन् २०२५ मा रिलिज गर्ने बताइएको छ । प्रदीपका फ्यानले अझै एक बर्ष यो फिल्मको प्रतिक्षा गर्नुपर्नेछ । अभिनेता खड्काले एक बर्ष नयाँ फिल्म साइन गरेका थिएनन् । तर, अब भने उनी धमाधम नयाँ नयाँ प्रोजेक्टमा अनुवन्धित भइरहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक
समाचार२०८३ भाद्र २९, सोमबार ०९:५८फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण









