लमहीका एग्रोभेटमा छड्के अनुगमन, म्याद नाघेका बीउबिजन, बिषादी बरामद

दाङ- दाङमा स्थानीय सरकारले एग्रोभेट पसललाइ लक्षित गरेर छड्के बजार अनुगमन गरेको छ । लमही नगरपालिकाले गरेको संयुक्त अनुगमनको क्रममा म्याद नाघेका बीउबिजन र बिषादी प्रशस्त मात्रामा फेला परेको अनुगमन टोलीमा सहभागी देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिनुभयो ।
चार वटा एग्रोभेटबाट ७१ हजार ६६ रुपैयाँ बराबरको बीउबिजन, बिषादी, औषधीहरु बरामद गरिएको छ । नगरपालिकाले यसरी बरामद गरेको बीउबिजन, बिषादीहरु खाडल गनेर गाडेर नष्ट गरेको अनुगमन टोलीका संयोजक लक्ष्मी सुवेदीले बताउनु भयो ।
टोलीले बगार बाबा एग्रो भेट सेन्टरबाट तीन हजार सात सय, देउराली एग्रो भेट सेन्टरबाट १२ हजार दुई सय ४५, लाली गुराँस एग्रोभेट सेन्टरबाट १७ हजार ७९०, एस.एस. बिउ बिजन सेन्टरबाट ३७ हजार ३३१ रुपैयाँ गरी जम्मा ७१ हजार ६६ रुपैयाँ बराबरको उत्पादन मिति, उपभोग्य मिति र मुल्य नलेखिका म्याद गुज्रीएका बीबिजन, म्याद गुज्रिएका किटनासक औषधी जफत गरेको थियो ।
अनुगमन टोलीमा कृषि शाखा प्रमुख गंगा चौधरी, कमलराज चौधरी, पशु शाखामा कार्यरत संजय श्रेष्ठ, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी, वडा प्रहरी कार्यालय लमहीका पूर्णबहादुर श्रेष्ठ लगायतको सहभागीता थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल









