केवल तामाङको चलचित्र ‘मायाका रंगहरु’ मा पल अनुबन्धित

काठमाडौँ। केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय चलचित्र ‘मायाका रंगहरु’ (कलर्स अफ लभ) को निर्माण घोषणा गरिएको छ । चलचित्रको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो नेपाली सिनेमाको छायांकन पल शाहले ‘पुजार सार्की’ को छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने बताईएको छ ।
प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने सिनेमामा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।
नेपाली र हिन्दीमा छायांकन गरिने चलचित्रमा पल शाह बाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ । यो चलचित्रले नेपाल र भारतको पर्यटन प्रर्वद्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच साँस्कृतिक सम्बन्धलाई अझै मजबुद बनाउन सहयोग पुग्ने विश्वास निर्देशक तामाङको रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २९, शुक्रबार १६:०४दैलेख अस्पतालमा विशेषज्ञ सेवा « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १५:०९पल शाहको निर्माणमा ‘यानीमाया’को छायांकन सुरु » Celebrity Nepal









