बेलायतको ‘बाफ्टा अवार्ड’ मा नेपाली फिल्म ‘गोर्खा वारियर’

काठमाडौँ। विश्वकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डस्मा नेपाली चलचित्रले ‘इन्ट्री’ पाएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले बाफ्टामा ‘इन्ट्री’ पाएको हो । ‘गोर्खा वारियर’ लङ लिस्टका लागि हलिउड फिल्महरुसँग भिड्दैछ । बेस्ट फिल्म, एक्टर, डाइरेक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म क्याटगोरीमा ‘गोर्खा वारियर’को प्रतिस्पर्धा हुनेछ । यूरोपमा अस्करपछिको ठूलो मानिने बाफ्टा फिल्म अवार्डस् २०२४ समारोह आउँदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर लन्डनमा हुँदैछ ।

निर्देशक चाम्सले बाफ्टामा नेपाली सिनेमाले प्रवेश पाएकोमा आफू र आफ्नो टिम अत्यन्तै खुसी भएको बताए । ‘सजिलो पक्कै थिएन तर आज लङलिष्टका लागि ‘गोर्खा वारियर’ हलिउडका ठूल्ठूला सिनेमासँग प्रतिस्पर्धा गर्दैछ’, निर्देशक चाम्सले भने, ‘हार्नु जित्नु अलग कुरा हो तर ‘गोर्खा वारियर’ले इतिहास राख्ने काम जारी छ ।’ उनले धेरै चरणपछि हजारौं फिल्ममध्येबाट बाफ्टामा प्रवेश पाएको बताउँदै अब अन्य नेपाली सिनेमा पनि सहभागी हुनुपर्ने बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २५, आईतवार ०९:०५बुढीगण्डकी नदी थुनिँदै खुल्दै गर्दा जोखिम बढ्यो
समाचार२०८३ आश्विन २४, शनिबार १७:२१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २४, शनिबार १५:४७राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
सूचना-प्रविधि२०८३ आश्विन २४, शनिबार १०:१८इन्टरनेटको शुल्क बढेको छैन, ग्राहकलाई मर्का परे कारबाही हुन्छ : प्राधिकरण « रिपोर्टर्स नेपाल









