सहिद, बेपत्ता पारिएका र घाइते परिवारको स्वास्थ्य बीमा गरिँदै

टीकापुर (कैलाली), ५ पुस । टीकापुर नगरपालिकाले सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बीमा गरिदिने गरेको छ । पालिकाले गत वर्ष ४६ परिवारको बीमा गरिदिएको थियो । बीमा कार्यक्रमबाट धेरै परिवारले उपचारमा सुविधा भएको बताएका छन् ।
बेपत्ता परिवारका सदस्य दुर्गाकुमारी जैसी रिमालले नगरपालिकाले बीमा गरिदिएपछि गत वर्ष ५० हजार बढीको स्वास्थ्य उपचार सेवा लिए । उनले टीकापुर अस्पतालमात्र नभई काठमाडौँको वीर अस्पतालमा समेत सेवा लिए । बीमाले उपचार सेवा लिन सहज भएको उनले बताए ।
“म बेपत्ता परिवारको सदस्य हो । हामीजस्ता उपचार गर्न बजेट जुटाउन नसक्ने परिवारलाई पालिकाले बीमा गरिदिएर ठूलो सहयोग गरेको छ”, दुर्गाले भने, “गत वर्ष मैले बीमा सुविधाबाट टीकापुर अस्पताल, नेपालगञ्ज र काठमाडौँको वीर अस्पतालमा उपचार सुविधा लिएँ ।” स्थानीय पालिकाले सानो सहयोगबाट बीमा गरिदिएर आफूहरुलाई ठूलो सहयोग मिलेको दुर्गाकुमारीले बताए ।
टीकापुर नगरपालिका–३ की बीना थारुको टीकापुर नगरपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ । सशस्त्र द्वन्द्वमा घाइते परिवारका सदस्य बीनाको परिवारले गत वर्ष बीमा वापत टीकापुर अस्पतालबाट रु ३० हजार बराबरको औषधि सुविधा लियो ।
बिरामी भएको अवस्थामा पालिकाले गरिदिएको बीमाले उनीहरुलाई सहज भयो । “सहिद, घाइते तथा अपाङ्ग परिवारको अवस्था त्यसै पनि दयनीय छ । विपन्नलाई उपचारमा सहज होस् भनी पालिकाले राम्रो सुरुआत गरेको छ । गत वर्ष पनि सुविधा लिएँ । यस वर्ष पनि नवीकरण गरिदिएको छ”, उनले भने, “बीमा भएपछि २४ सैँ घण्टा चिकित्सकको सेवा पाइने, यहाँ नभए अन्त पनि उपचार हुने भएकाले यसबाट धेरैले लाभ लिएका छन् ।”
पालिकाले गत वर्षदेखि विभिन्न आन्दोलनमा सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बीमा गरिदिने गरेको हो । पालिकाले कार्यविधि बनाएर बीमा सुविधा दिने गरेको हो । गत वर्ष ४६ परिवारको स्वास्थ्य बीमा गरिदिएको थियो । जसमा दुई लाख पालिकाको खर्च भएको थियो । प्रतिपरिवार पाँच जनाका लागि बीमा शुल्क रु तीन हजार पाँच सय तिर्नुपर्छ । यति रकम बराबर उपचार गर्दा एक लाखसम्मको सेवा निःशुल्क पाइन्छ ।
यो कार्यक्रमले बीमामा आबद्ध परिवारलाई उपचारमा सहजता भएकाले खुसी भएका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले बताए । “गत वर्ष बीमामा आबद्ध भएका धेरै परिवारले टीकापुर अस्पताल र यहाँबाट रेफर भएर पनि सेवा लिनुभएको छ”, रावलले भने, “पालिकाले आर्थिक सहायता गर्नुभन्दा बीमा गरिदिएमा परिवारले नै राहत पाउँछ ।”
स्वास्थ्य शाखा प्रमुख रावलले बीमा गरिदिँदा सबै परिवारले उपचार सेवा पाउने भएकाले सहज हुने बताए । “यस वर्ष पनि हामीले बीमामा आबद्ध हुन सूचना गरिसकेको छौँ, गत वर्ष केही कागजात नपुगेका आबद्ध हुन सकेका थिएनन्”, उनले भने, “गत वर्ष सूचना नपाएका तथा छुटेका पनि यस वर्ष सेवामा जोडिने छन् ।”
स्वास्थ्य बीमामार्फत उपचार सहजताका लागि पालिकाले बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सघाउन आवश्यक रहेको स्थानीय बताउँछन् । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ आश्विन ३०, बिहीबार ०६:०८नेपालसँग ओमान पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २९, बुधबार २२:३०पेट्रोलको मूल्य घट्यो
समाचार२०८२ आश्विन २९, बुधबार १९:४७नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट
समाचार२०८२ आश्विन २९, बुधबार १७:५३धादिङमा भूमि समस्या समाधान आयोग पुनःस्थापनाको माग