दरबारको कथा समेटेर चलचित्र ‘राजमहल’ को औपचारिक घोषणा

काठमाडौं। दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिंदै औपचारिक निर्माण घोषणा गरिएको हो ।
सुरावाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन । चलचित्रमा रमेश उप्रेती,सलोन बस्नेत, सिम्रन पन्त र मिस पवि लगाएतको चलचित्रमा अभिनय रहनेछ । करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो साता देखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने छ ।

चलचित्रमा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिर परिचत अनुहार सहित, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो चलचित्रका अन्य चारित्रिक भूमिकामा देखिदैछन पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरिको संगीत रहनेछ ।
निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन् । त्यसैगरी सह-निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन ।
कार्यक्रममा निर्देशक तोलाङ्गीले चलचित्रको कथालाई न्याय गर्ने गरि आफुले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन भने अभिनेत्री आँचलले यो चलचित्रको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफु आतुर रहेको बताइन । अभिनेता रमेश उप्रेतीले चाहिँ अहिले नै आफुले ठूलो कुरा नगर्ने चलचित्रको छायांकन सकिएपछी सबिस्तार बोल्ने बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









