चवन्न हजारलाई टाइफाइडको खोप दिइने

जुम्ला, ६ पुस । जुम्ला जिल्लाका आठवटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ ।
सो खोपलाई अभियानका रूपमा सञ्चालन गर्नेबारे जिल्लास्तरीय बैठक तथा अन्तक्र्रिया कार्यक्रममा जानकारी दिँदै जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले भने, “जिल्लामा पहिलो चरणमा यही पुस ८ देखि १० गतेसम्म कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान गरिने छ ।”
दोस्रो चरणमा पुस ११ देखि १३ गतेसम्म चन्दननाथ, पातारासी, गुठीचौर, तिला र तातोपानी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने उनले बताए । यसका लागि एक सय २० खोप कार्यकर्ता परिचालन हुने भएका छन् । दुईसय ४० स्वयम्सेवक र तीन सय वटा खोप सेसन रहेका छन् । खोप लगाउन छनोट भएका तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।
कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, दैलेख, जुम्ला, सल्यान, कालीकोट र सुर्खेत जिल्लामा पनि खोप अभियान सञ्चालन हुने भएको छ । सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइडको खोप दिन लागिएको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डाक्टर पुरुषोत्तम सेडाइले जानकारी दिए । जाजरकोट र रुकुम पश्चिममा दादुरा र रुबेलाको खोप पनि दिइने कार्यक्रम छ । खोपका कारण बाल–मातृ मृत्युदर नेपालमा घट्दो अवस्थामा रहेको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा सेडाइको भनाइ थियो ।
पछिल्लो समयमा टाइफाइडका बिरामी नेपालमा बढ्दो अवस्थामा रहेको छ । सरकारले राष्ट्रियस्तरमै सञ्चालन गरेको खोप अभियानलाई सफल बनाउनदेखि खोप सञ्चालन हुने स्थानमा शान्ति सुरक्षा कायम गर्न प्रशासन लागिपर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख गौरीनन्द आचार्यले जिल्लाका ग्रामीण भेगसम्म रहेका खोप केन्द्रसम्म सहजरूपमा खोप पु¥याउन स्थानीय तहदेखी जिल्लाका सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताए । राज्यले जनताका लागि लगानी गरेको खोपलाई सुरक्षितरुपमा व्यवस्थापन गर्न र आमजनताको पहुँचसम्म पुग्नका लागि सचेतनाका कार्यक्रमलाई विशेष जोड दिनुपर्ने उनको भनाइ थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







