विश्वभर कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

एजेन्सी । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितको मृत्यु सङ्ख्या आठ प्रतिशतले कमी आई विश्वभर कूल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ ।
डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।
कोभिड–१९ का एक लाख १८ हजार भन्दा बढी नयाँ अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियु) मा भर्ना भएका डब्लुएचओले जनाएको छ ।
डब्लूएचओले मानिसहरूलाई उपलब्ध सबै उपकरणहरू प्रयोग गरेर सङ्क्रमण र गम्भीर रोगबाट बच्न उपायहरू अपनाउन सल्लाह दिएको छ । यसमा भीडभाड, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउने, अरूबाट सुरक्षित दूरी कायम गर्ने, श्वासप्रश्वाससम्बन्धी नियम पालना गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, नियमित रूपमा हात सफा गर्ने, कुनै लक्षण देखिएमा वा कोभिड–१९ वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएको भए परीक्षण गर्ने जस्ता विषय समावेश छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर ८, आईतवार १७:४४युवाहरुले नै देशको समस्या समाधान गर्न सक्छन: अध्यक्ष साम्पाङ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार १६:५६अभिनेता आर ए सुरज पौडेलको जन्मदिनमा ‘पीआर’ को रोमान्टिक गीत ‘तिमी छौ र त’ सार्वजनिक
समाचार२०८२ मंसिर ८, आईतवार १६:५२धादिङमा थपिए ८ हजार ४३१ मतदाता
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल







