अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट डा.अरुण शाही सम्मानित

काठमाडौं, ९ पुस । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियाले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पुरस्कृत एवं सम्मानित भएका छन् ।
आज (सोमबार) पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा आयोजित समारोहमा डा. शेरबहादुर पुनले डा. शाहीलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ प्रदान गरेका हुन् । डा.पुनले ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२२’ प्राप्त गरेका थिए । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । साथै, उक्त पुरस्कारसँगै ताम्रपत्रसमेत प्रदान गरिएको छ ।
डा. शाहीले मानिसलाई क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारी प्रवाह गरेको र बिरामीहरुको उपचारमा अहोरात्र खटिएर सेवा गरिएको भन्दै उक्त पुरस्कार दिने निर्णय गरिएको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २४, मंगलवार १७:४९‘माग्ने राजा’को डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ सार्वजनिक
समाचार२०८२ असार २४, मंगलवार १६:१७भङ्गालोमा तीन घण्टा : रुखमा अड्कँदा बाच्ने आश मरिसकेको थियो
समाचार२०८२ असार २४, मंगलवार ०९:१६रसुवा बाढी अपडेटः तीन प्रहरीसहित १५ जना बेपत्ता, बाढीमा फसेका नौ जनाको उद्धार
समाचार२०८२ असार २४, मंगलवार ०७:०९त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध