अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट डा.अरुण शाही सम्मानित

काठमाडौं, ९ पुस । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियाले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पुरस्कृत एवं सम्मानित भएका छन् ।
आज (सोमबार) पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा आयोजित समारोहमा डा. शेरबहादुर पुनले डा. शाहीलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ प्रदान गरेका हुन् । डा.पुनले ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२२’ प्राप्त गरेका थिए । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । साथै, उक्त पुरस्कारसँगै ताम्रपत्रसमेत प्रदान गरिएको छ ।
डा. शाहीले मानिसलाई क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारी प्रवाह गरेको र बिरामीहरुको उपचारमा अहोरात्र खटिएर सेवा गरिएको भन्दै उक्त पुरस्कार दिने निर्णय गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २९, आईतवार १२:२७राम लामा अविनाशीको ‘क्यार्यो कुन्नि तानसेन बजारले’ सार्वजनिक
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय







