बागमती प्रदेशका १० अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर

बागमती प्रदेशका १० अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर

चितवन, ९ पुस ।

बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ । स्तरोन्नति भएर एक सय श्यया पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन् । यी अस्पतालमा जनशक्ति, भौतिक पूर्वाधार, उपकरणसमेत थप हुने भएपछि स्थानीयले सहज स्वास्थ्य सुविधा पाउने भएका हु्न् ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेशमा स्वास्थ्य मन्त्री भएपछिको सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्न शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको स्वास्थ्य र स्वास्थ्य शिक्षामा यसले फड्को मारेको छ ।”

स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न कम्तीमा एक सय श्ययाको अस्पताल आवश्यक पर्दछ । अस्पतालकै अभावमा धेरै स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रम बन्द भइरहँदा प्रादेशिक अस्पतालमा समेत शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने भएको मन्त्री जोशीको भनाइ थियो ।

मन्त्री जोशीले आज पत्रकारहरुसँग भन्नुभयो, “अस्पतालको स्तरोन्नति भएसँगै प्रदेशमा कोही उपचारबाट वञ्चित हुनुपर्ने छैन ।” गरिबका लागि निःशुल्क उपचारको व्यवस्था समेत प्रदेशले गरेको उहाँको भनाइ थियो । यससँगै स्थायी पाँच सय ९९ र करारका एक सय ५९ दरबन्दी थप भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यी अस्पतालमा अपुग भौतिक संरचना बन्दै जाने छन् ।

प्रदेश सरकारको पुस ३ गते बसको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार मातहत रहेका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको थियो। जसअनुसार प्रदेश राजधानी हेटौँडाको हेटौँडा अस्पताल र भक्तपुरको भक्तपुर अस्पताललाई तीन सय श्यया बनाउने निर्णय भएको छ ।यसअघि ती दुवै अस्पताल एक सय श्यया क्षमतामा सञ्चालन हुँदै आएका थिए ।

बैठकले धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशूली, सिन्धुलीको सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई एक सय श्यया बनाउने निर्णय गरेको थियो । त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० श्यया बनाउने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   3   =