दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल

काठमाडौँ। चलचित्र ‘नाङ्गो गाउँ’ का निर्माता हिमाल कडरियाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने छन् । चलचित्रमा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले चलचित्र ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् ।
यसैबिच, यो चलचित्रमा अभिनेताद्धय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन् । दया र आर्यनले यसअघि चलचित्र ‘मेरो एउटा साथी छ’ मा काम गरेका थिए । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो चलचित्रले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने वुझिएको छ ।
चलचित्रका अन्य कलाकारहरुको घोषणा विस्तारै गरिने निर्माणपक्षले बताएको छ । यो चलचित्रको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो चलचित्र वितरणको जिम्मा लिएको छ । चलचित्रको छायांकन आउँदो बर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ । निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो चलचित्रमा दयाहाङ राई फाइनल भइसकेका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ५, बिहीबार १७:२९‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन
स्वास्थ्य/जानकारी टिप्स२०८२ भाद्र ५, बिहीबार १३:१४बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै « रिपोर्टर्स नेपाल