राष्ट्रिय सभा निर्वाचन: सत्ता गठबन्धनको भागबण्डामा प्रतिपक्षीको दावी

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन भित्रको सिट भागबण्डामा प्रतिपक्षी दल नेकपा एमालेले पनि भाग पाउनु पर्ने दावी गरेको छ । राष्ट्रियसभा आफ्नो पनि सहभागिता सुनिश्चित हुनुपर्ने भन्दै एमालेले सत्ता गठबन्धनसँग माग अघि सारेपछि सत्ता गठबन्धन बैठकले नेकपा एमालेको ठोस प्रस्ताव आएपछिमात्रै राष्ट्रिय सभा सदस्यको सिट बाँडफाडको टुङ्गो लगाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा आफ्नो दललाई पनि सहभागि गराउन अनुरोध गरेको जानकारी गराउनु भएको नेकपा एकिकृत समाजावदी पार्टीका उपध्यक्ष राजेन्द्र पाण्डेले बताउनु भयो ।
यस विषयमा एमालेको ठोस प्रस्ताव आएपछि मात्रै टुङ्गो लगाउने सहमति भएको पनि उपाध्यक्ष पाण्डेले वताउनु भयो ।गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीले भारतका विदेशमन्त्रीको नेपाल भ्रमणको सन्दर्भमा भैरहेको तयारी बारे पनि बैठकमा जानकारी गराउनु थियो ।
गठबन्धनदलको बैठकमा पञ्चेश्वर आयोजना र महाकाली सन्धि लगायतको विषयमा पनि छलफल भएको नेता पाण्डेले बतउनु भयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु








