सहकारी ठगी प्रकरण: एउटै सहकारीका ६ जना सञ्चालक कारागार चलान

पर्वत- बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेका पर्वत कुश्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारी संस्थाका ५ जना सञ्चालकसहित ६ जनालाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको छ ।
आइतबार पर्वत जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले प्रहरीको हिरासतमा रहेका सवै सञ्चालकलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।
बागलुङ जिल्ला जैमिनी नगरपालिका १ घर भएकी लक्ष्मीदेवी शर्मा समेत सहकारीबाट पिडित ६० जना बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिई सहकारीका अध्यक्ष लेखनाथ शर्मासहित ६ जनालाई मंसिर १३ गते नियन्त्रणमा लिई हिरासत कक्षमा राखेर अनुसन्धान अघि बढाइरहेको थियो ।
प्रहरीले हिरासतबाटै सहकारी सञ्चालकहरुलाई सहकारी विज्ञकै उपस्थितिमा अनुसन्धान गरी पुस ८ गते पर्वत जिल्ला अदालतमा पेश गरेको थियो ।
आइतबार अदालतले उक्त सहकारीका अध्यक्ष लेखनाथ शर्मासहित नियन्त्रणमा रहेका शालिग्राम पाध्या, विष्णुप्रसाद तिवारी, धनपति आचार्य, राजु शर्मा र सफ्वेयर डिजाइनर प्रतिमान पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
प्रतिमान पौडेल एक साता अघि तपाई हाम्रो सहकारीको ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भइसकेका थिए भने अन्य ५ जनालाई आज पठाएको अदालतका श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो ।
यी बाहेक अन्य १४ जना अझै फरार रहेका छन् । फरार रहेका सञ्चालकहरुलाई पक्राउ पुर्जी जारी गरी कानुनी कार्बाहीको दायरामा ल्याइने ढुंगानाले बताउनुभयो ।
ग्रामीण विकास कृषि सहकारीका सञ्चालक मध्ये रमेश पौडेल, प्रल्हाद गिरी, रामु शर्मा, अगन्धर तिवारी, विष्णुकुमारी श्रेष्ठ, सावित्री नेपाली, संगिता शर्मा पौडेल, दुर्गाप्रसाद शर्मा, सुर्यप्रसाद शर्मा, रामप्रसाद पौडेल, दिपक लामिछाने, रुविना पौडेल, दिनानाथ शर्मा र प्रभा खड्का फरार रहेका छन् ।
अदालत श्रोतका अनुसार पिडितको उजुरीका आधारमा ९ करोड १५ लाख भन्दा बढी रकम ठगी गरेको आरोप छ ।
यस अघि अदालतको आदेशले तपाई हाम्रो बहुउद्देश्यीय सहकारीका सचिव विकास विश्वकर्मा र सहकारीका सफ्टवर्यर डिजाइनर प्रतिमान पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ने र सहकारीका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय र सहसचिव ओमकार कर्माचार्यलाई जनही ३० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ९, बुधबार ०७:५५आजका लागि कृषिउपजको थोक मूल्य
समाचार२०८३ बैशाख ८, मंगलवार २२:०७बिरामी अवस्थामा भेटिएका वृद्धको उद्धार, उपचार जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ८, मंगलवार १७:४१पारितोषिका पन्तको परिपक्व प्रस्तुति – ‘पहिलो हाँसो, पहिलो बोली’
समाचार२०८३ बैशाख ८, मंगलवार १६:३५अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने







