राष्ट्रियसभा सदस्य निर्वाचन: टिकट पाउनेले उम्मेदवारी नै दिएनन्

सुदूरपश्चिम- राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराउनुभएन ।
सो पार्टीले सुदूरपश्चिमबाट महिला समूहमा जनककुमारी कुवँर, अन्य समूहमा रोम स्वाँर र अपाङ्गता समूहमा जयकृष्ण बोहरालाई टिकट दिएको थियो । राप्रपाका प्रदेश महासचिव छत्र शाहीले टिकट पाएका उम्मेदवारले मतभार नहुँदा उम्मेदवारी नदिएको बताउनुभयो ।
“प्रदेश कार्यसमितिले राष्ट्रियसभाको रिक्त हुन लागेको पदनमा हुन लागेको निर्वाचनका लागि टिकट दिन केन्द्रमा सिफारिस गरे बमोजिम केन्द्रले पनि टिकट दिएर पठाएको थियो”, उहाँले भन्नुभयो, “प्रदेशसभामा एक जनाबाहेक पालिका तहमा मतदाता नहुँदा टिकट पाएकाले उम्मेदवारी दिन नगएको जानकारी आएको छ ।”
ठूला दलबाट उम्मेदवारी दर्ता
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का तर्फबाट छ जनाले आज निर्वाचन अधिकृतको कार्यालय कैलालीमा आ–आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ नेकपा (माओवादी केन्द्र)की रेनु चन्द, नेकपा (एमाले)की सावित्रादेवी घिमिरे, अन्य समूहतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा, नेकपा (एमाले)का ईश्वरीप्रसाद खरेल र अपाङ्गता समूहतर्फ नेपाली काँग्रेसका नारायणदत्त भट्ट र नेकपा (एमाले)का रामचन्द्र जोशीले मनोनयनपत्र दर्ता गराउनुभयो ।
प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष रहेको निर्वाचन मण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।
सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा बझाङको प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिना अघि दुर्घटनामा परी निधन भएको थियो ।
यस्तै प्रदेशका सबै नौ जिल्लामा गरी ८८ स्थानीय तह छन् । प्रदेशसभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुख-अध्यक्ष उपाध्यक्ष गरेर प्रदेशमा जम्मा मतदाता दुई सय २८ छन् ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका हाल १८ सदस्य छन् । नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।
यस्तै पालिका तहका प्रमुख उपप्रमुख-अध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा नेपाली कांग्रेसका छन् । दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा (माओवादी केन्द्र) छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ११, शुक्रबार ११:३८काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज
समाचार२०८३ बैशाख ११, शुक्रबार ०८:०५प्रदेश सूचना पुनरावेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी नियुक्त
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २२:०३‘कमला मिस’ साउन २२ मा रिलिज, निर शाहको निर्देशनमा कमब्याक








