अख्तियारको फन्दामा प्रहरी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।
कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी सहायक निरीक्षक भण्डारीले सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २९, बुधबार १३:४९जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा
खेलकुद२०८२ माघ २९, बुधबार ०८:५१राष्ट्रिय टी–२० क्रिकेट पर्सीदेखि « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ माघ २९, बुधबार ०८:३२वैशाख १८ लाई रिलिज डेट तय गर्दै ‘लालीबजार’को टिजर सार्वजनिक
समाचार२०८२ माघ २९, बुधबार ०६:१७उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने








