संस्कृत युवामञ्च नेपालको अध्यक्षमा सापकोटा

पोखरा । संस्कृत युवामञ्च नेपालको छैटौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन बुधवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले विश्वराज सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा महेन्द्र पौडेल, सचिवमा दिवाकर पौडेल, सह-सचिवमा लक्ष्मण पौडेल, कोषाध्यक्षमा भवानी शंकर शर्मा तथा सदस्यहरूमा क्रमशः प्रेमराज अधिकारी, राम प्रसाद नेपाल, शुभेच्छित चापागांई, हरिराज कोईराला, गोपाल पराजुली एवं विकाश पौडेल निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक गिरिधर आचार्यले बताउनुभयो ।

युवा मञ्चका अध्यक्ष रामकृष्ण अर्यालको अध्यक्षता तथा राष्ट्र गौरव अभियानका संयोजक सिरोज विजय कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विश्वराज सापकोटाले स्वागत मन्तब्य तथा सचिव केशब गौतमले कार्यक्रमको संचालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि कोईरालाले आफ्नो मन्तब्य राख्दै सनातन हिन्दु धर्म माथि अहिले बिभिन्न कोणबाट आक्रमण हुन थलेकोले यसलाई जोगाउन युवा मञ्च डटेर अगाडि बढ्नुपर्ने र त्यसमा आफ्नो सहयोग र समर्थन रहने बताउनुभयो।
युवा मञ्चका सल्लहकार तथा केदारेश्वर महादेव मणी सेवा आश्रमका पीठाधीश चिद्घन चैतन्य डा. लेखनाथ आचार्यले युवा मञ्च जस्तो नाम छ तेस्तै अनुरुप अहार विहार आदिमा ध्यान दिँदै आफ्नो आचरणमा रही अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले नाम जस्तै काम पनि उस्तै गरेर देखाउनुपर्नेमा समेत जोड दिनुभयो। कार्यक्रममा संस्थाका सल्लहकार डा. भोलानारायण रेग्मी, तालबाराही आरति सेवा समितिका कोषाध्यक्ष मदनराज न्यौपाने लगायतले आ- आफ्नो मन्त्यब्य राख्दै “युवा मञ्च नेपाल” लाई शुभकामना दिनुभएको थियो।

कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरी सर्वसहमतिमा पारित समेत गरिएको संस्थाका निवर्तमान कार्यसमिति सदस्य धनिराम ढकालले जानकारी गराउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट








