झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन

झापा- झापामा सहकारीमार्फत रु ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ ।
झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ । “सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उहाँले भन्नुभयो, “यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”
सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताउनुभयो । पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो ।
अध्यक्ष ढकालले भन्नुभयो, “ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ ।”
झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् । “स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ”, सङ्घका सचिव भवानीप्रसाद दङ्गालले भन्नुभयो ।
झापा जिल्ला सहकारी सङ्घमा चार सय ९२ सहकारी संस्था आबद्ध छन् । यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी एक सय ९३, दुग्ध र सुपारी ६÷६, चिया र उपभोक्ता चार–चार, विविध आठ र सङ्घ चार आबद्ध रहेको सचिव दङ्गालले बताउनुभयो । झापाका सहकारीमा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २, बिहीबार १८:२६अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ: गभर्नर पौडेल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १८:१६चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २, बिहीबार १८:१५नीलकण्ठ नगरपालिकाको गत आर्थिक बर्षको बार्षिक समिक्षा सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १३:१२‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी