आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति हुँदै

भक्तपुर, २७ पुस । बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गरिने भएको छ ।
बागमती प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई १६ श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गर्दै दरबन्दी स्वीकृत गरेसँगै अब उक्त केन्द्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा परिणत हुने भएको हो ।
प्रदेश सरकारले अस्पतालका रूपमा विस्तार गर्दै दरबन्दीको व्यवस्था गरेकाले चाँगुनारायण नगरपालिका–७ खरिपाटी कृषि सेवा केन्द्रको २१ रोपनी जग्गामध्ये ११ रोपनी जग्गामा उक्त अस्पतालका लागि भवन निर्माण गरिने भएको छ ।
एक वर्ष अगाडि नै उक्त अस्पतालका लागि जग्गा खोजी गर्ने क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा नरेन्द्रप्रसाद गिरी र आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष राजु अधिकारीले चाँगुनारायण नगरपालिकासँग जग्गा माग गरेकामा नगरपालिकाले ११ रोपनी जग्गा उक्त अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गर्ने निर्णय गर्दै दरबन्दी थप गरेकामा खुसी व्यक्त गर्दै नगरप्रमुख जीवन खत्रीले भने, “खरिपाटीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि ११ रोपनी जग्गा दिन वडा र नगरपालिकाले निर्णय गरेर सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मालपोत, नापी कार्यालयका पदाधिकारीलगायत सरोकारवालाको स्थलगत अवलोकनपछि बसेको बैठकले उक्त जग्गा उपयुक्त रहेको भन्दै स्वीकृत गरेर सरकारलाई सिफारिस गरेको थियो । अब मन्त्रिपरिषद्ले उक्त जग्गा लिजमा दिने निर्णय गरेलगत्तै अस्पतालका लागि भवन निर्माण गर्न सकिन्छ ।”
अहिले कमलविनायकमा भाडाको भवनमा उक्त केन्द्रले सेवा प्रवाह गर्दै आएकामा सरकारले छिटो निर्णय गरिदिए अर्को वर्ष भवन निर्माणले सार्थकता पाउने उनले बताए । स्वास्थ्य केन्द्रका प्रमुख डा सरकारले जग्गा उपलब्ध गराउने निर्णय नगरेसम्म भवन निर्माणको प्रक्रिया अगाडि नबढ्ने बताए । उनले अहिले दैनिक ५० भन्दा बढी बिरामीलाई ओपिडी सेवा दिँदै आएको र भवन अभावले भाडाको साँघुरो भवनमा बसेर सेवा दिनुपरेकामा भवन बने उपचारले ठूलो फड्को मार्न सक्ने बताए ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेश सरकारले प्रदेशभित्रका १३ जिल्लाका आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई विस्तार गरी चितवन र नुवाकोटलाई २५ श्ययाको र भक्तपुर जिल्लासहित बाँकी ११ जिल्लालाई १६ श्ययाको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गर्ने निर्णयसहित दरबन्दी स्वीकृत गरेर बजेट व्यवस्थापन गरेको बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार ०८:२२चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने
खेलकुद२०८३ असार ९, मंगलवार ०७:०६मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा
समाचार२०८३ असार ९, मंगलवार ०६:५९सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ८, सोमबार १२:५७नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा








