उम्मेदवारको अन्तिम नामावली सार्वजनिक,भोलि निर्वाचन चिन्ह प्रदान गरिने

काठमाडौँ- निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन हुने १९ पदका लागि कुल ५२ जनाको मात्र उम्मेदवारी परेकोमा ५१ जनाको उम्मेदवारी कामय रहेको आयोगले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएका मध्ये लुम्बिनी प्रदेशमा एक जनाले उम्मेद्वारी फिर्ता लिनु भएको छ ।लुम्बिनी प्रदेशमा राप्रपाका तर्फबाट उम्मेदवारी दिएका निरञ्जन कुमार थापाले उम्मेदवारी फिर्ता लिनुभएको हो। लुम्विनी प्रदेशमा महिला र अन्य समूहमा एक एक गरी दुइ जनाका लागि हुने निर्वाचनमा महिलाको लागि ३ र अन्य समुहका लागि ४ गरी ७ जनाले मनोनयन दर्ता गरेका थिए । थापाले उम्मेद्वारी फिर्ता लिएपछि अब अन्य समूहमा पनि तीन जना मात्र उम्मेद्वार कायम भएका छन् ।
यसअघि सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता समूहमा उम्मेद्वारी दिनुभएका नारायण दत्त भट्ट र कर्णाली प्रदेशमा माओवादीका तर्फबाट उम्मेद्वारी दिनुभएका विष्णुबहादुर विश्वकर्मा विरुद्ध उजुरी परेको थियो । तर छानविन गर्दा उजुरी अनुसार तथ्य नभेटिएपछि उहाँहरुको उम्मेद्वारी कायम रहेको छ ।
१९ जना राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा गरी महिला समुहतर्फ १८ जना दलित समुहतर्फ ५ जना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समुहतर्फ २१ जना गरी ५२ जनाले मनोनयन दर्ता भएको थियो ।
आयोगले शानिबार उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । सत्ता साझेदार दलहरु गठबन्धनको तर्फबाट साझा उम्मेदवार लिएर निर्वाचनमा गएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन २०, बुधबार ०९:१३तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
समाचार२०८२ फाल्गुन २०, बुधबार ०७:३६निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
समाचार२०८२ फाल्गुन १९, मंगलवार २०:१९मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक समाचारप्रति काँग्रेसको आपत्ति
समाचार२०८२ फाल्गुन १९, मंगलवार १९:५९धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा








